देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं : सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
  • सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको हो ।
  • आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौंमा आएका छन् ।

 

काठमाडौं : सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको हो । आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौंमा आएका छन् । बिहीबार उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

सहकारी पीडित,लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । उनले सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए। समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसके पनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ । प्रदर्शनकारीहरूले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने,मिटरव्याजी तमसुक रद्द गर्नुपर्ने लगायतका माग समेत अघि सारेका छन् ।  उनीहरूले  आफ्ना माग पूरा नभए घर नफर्किने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
आर्थिक वर्षको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
दाहसंस्कारको तयारी भइरहेका बेला संखुवासभा प्रहरीले नियन्त्रणमा लियो बालिकाको श*व
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने मन्त्री पौडेलको निर्णय
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति