तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  •   १५ चैत,  पाल्पा — पाल्पाको तानसेनमा चैत २२ बाट वैशाख ३ सम्म हुने कृषि, रोजगार पर्यटन उद्योग र व्यापार महेत्सवको ठेक्का निजी क्षेत्रलाई दिइएको छ ।
  • चितवन भरतपुरस्थित एभरेस्ट इभेन्ट म्यानेजमेन्ट प्रालिले ९५ लाख ५ हजार ५ सय ५४ रुपैयाँ ९९ पैसामा मेला महोत्सव सञ्चालनसम्बन्धी बोलपत्र आह्वानको सूचना बमोजिम अधिकतम मूल्यमा ठेक्का सकारेको हो ।
  • तानसेन नगरपालिकाको सूचनामा १० दिन लेखिए पनि अहिले १३ दिनको महोत्सव आयोजना गर्न लागिएको छ ।

 

१५ चैत,  पाल्पा —

पाल्पाको तानसेनमा चैत २२ बाट वैशाख ३ सम्म हुने कृषि, रोजगार पर्यटन उद्योग र व्यापार महेत्सवको ठेक्का निजी क्षेत्रलाई दिइएको छ । चितवन भरतपुरस्थित एभरेस्ट इभेन्ट म्यानेजमेन्ट प्रालिले ९५ लाख ५ हजार ५ सय ५४ रुपैयाँ ९९ पैसामा मेला महोत्सव सञ्चालनसम्बन्धी बोलपत्र आह्वानको सूचना बमोजिम अधिकतम मूल्यमा ठेक्का सकारेको हो । तानसेन नगरपालिकाको सूचनामा १० दिन लेखिए पनि अहिले १३ दिनको महोत्सव आयोजना गर्न लागिएको छ ।

सबैभन्दा धेरै बोल कबोल गर्ने एभरेस्ट इभेन्ट म्यानेजमेन्टलाई नगरपालिकाको आन्तरिक आय संकलन तथा आयसम्बन्धी कार्यविधि २०८० को दफा ४ र १० बमोजिम स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले बताए । टुँडिखेलमा हुने महोत्सवको मुख्य आयोजक भने नगरपालिका रहेको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा पाल्पा व्यापार संघ आयोजक रहेको छ । वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश र घरेलु तथा साना उद्योग पाल्पा सहआयोजक रहेका छन् । अघिल्लो वर्षसमेत यस्तै ठेक्का सूचना निकालेर निजी क्षेत्रलाई नै महोत्सव सञ्चालन गर्न दिइएको थियो ।

 

गतवर्ष नगरपालिकाले ६२ लाख आम्दानी गरेको थियो । नगरप्रमुख श्रेष्ठका अनुसार सुव्यवस्थित पूर्वाधार, पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय समावेशी सांस्कृतिक नगर तानसेनको नारा रहेको छ । महोत्सवमा पाल्पाली ढाका, करुवा, कृषि तथा पशुजन्य लगायत स्थानीय प्रविधिलाई प्रोत्साहन गरिने नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन् । माटाका भाडा, काठका ठेकाठेकीजस्ता उत्पादनलाई महोत्सवमा राखिनेछ ।

महोत्सवमा पहिलोपटक फिस टनेल, औद्योगिक वस्तु तथा सेवाको प्रदर्शनी र प्रवर्द्धन, लगानीका अवसर सिर्जना र आकर्षण गर्ने लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र साना उद्यमी एवं व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको उनले बताइन् । महोत्सवमा ५ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ८ करोड कारोबार हुने नगरपालिकाको अनुमान गरिएको छ । महोत्सव स्थलमा प्रवेश गर्नमा लागि ७५ रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तथा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त सामान्य प्रशासन मन्त्रीको शपथ आज दिउँसो तीन बजे
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन
सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
विपक्षी दलहरूको बैठक जारी
कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन