जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर २९, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   २९ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् ।
  • खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

 

२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

चितवन कुशल मल्लको कप्तानीमा छ भने जनकपुर अनिल शाहको कप्तानीमा खेल्दैछ । चितवन शुक्रबार भएको खेलमा विराटनगरसँग पराजित भएको थियो भने जनकपुरले काठमाण्डुलाई हराएको थियो । जनकपुरले प्लेअफ खेल्ने समेत पक्का भइसकेको छ । अब जनकपुरको लक्ष्य भनेको शीर्ष २ मा पर्दै क्‍वालिफायर खेल्ने हुनेछ । यता चितवन भने शुक्रबारको हारपछि जित्नैपर्ने दबाबमा छ । जनकपुरले चितवनलाई हराएमा जनकपुरको शीर्ष २ पक्का हुनेछ भने चितवनले अन्य खेलको नतिजा कुर्नुपर्ने छ । त्यसैगरी चितवनले जितेमा भने जनकपुर १० अंकमै सीमित रहनेछ भने चितवनको प्लेअफ सम्भावना बलियो रहन्छ ।

लगातार चार जितका साथ बलियो देखिएको जनकपुरले बुधबार पाँचौं खेलमा नमीठो हार व्यहोरेपछि छैटौं खेलमा काठमाण्डुविरुद्ध जित हात पारेको थियो । प्रतियोगितामा जनकपुरको ब्याटिङ र बलिङ दुवै शानदार चलिरहँदा बुधबारको खेलमा भने ब्याटिङ चल्न सकेको थिएन । पछिल्ला तीन खेलमा जनकपुरको ब्याटिङ एक्सपोज भएको छ । यता चितवनका लागि विदेशी खेलाडी रवि बोपाराले ब्याटिङमा तथा सोहेल तनविरले बलिङमा राम्रो गरेको भएपनि पछिल्ला खेलमा भने सोचेअनुरूप भएको छैन । चितवनको ब्याटिङ विदेशी खेलाडीमा निर्भर रहेको देखिएको छ । नेपाली बलरहरूमा रिजन ढकालले पेस बलिङमा तथा कप्तान कुशल मल्ल र रन्जित कुमारले स्पीन राम्रो गरिरहेका छन् । नयाँ अनुबन्धित खेलाडी बासिद हामिदले पनि १ विकेट भने लिएका छन् ।

चितवनलाई जित निकाल्नको लागि राम्रो ओपनिङ चाहिनेछ भने टप अर्डर ब्याटरहरूबाट पनि राम्रो योगदान हुनु जरूरी छ । खेल : चितवन राइनोज र जनकपुर बोल्ट्स मिति र समय : २९ मंसिर, दिउँसो १ बजे चितवन राइनोज सम्भावित ११ : बासिल हामिद, विपिन रावल, कुशल मल्ल, हसन एइसाखिल, रवि बोपारा, सन्तोष कार्की, अमरसिंह राउटेला, दीपक बोहरा, सोहेल तनविर, रिजन ढकाल, रन्जित कुमार जनकपुर बोल्ट्स सम्भावित ११ : अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, अरनिको यादव, जिमी नीशम, जोसुआ ट्रोम्प, शेर मल्ल, ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा
एमालेको समानुपातिक सूचीमा झापाबाट सबैभन्दा धेरै
रवि लामिछाने आज पार्टी कार्यालय जाँदै
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
विश्वकप क्रिकेट: नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै