एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर ३, २०८०
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • अहमदाबाद ।
  • एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ ।
  • अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।

अहमदाबाद । एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।  भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले नै भारतलाई पराजित गरेको थियो। त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो। यसपटक भारतलाई २००३ को बदला लिने अवसर जुरेको छ भने अस्ट्रेलियालाई इतिहास दोहोर्‍याउने ।

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।  सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् । यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सचिवाल बैठक बिहीबार
सर्लाहीमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, ससुरा सहित दुइ जना पक्राउ
बन्दरगाहमा विस्फोट हुँदा १८ जनाको मृत्यु
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु
सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर लगाउन स्वास्थ्य मन्त्रालयद्वारा अर्थलाई पत्राचार
स्थानीय सरकारलाई अझै शक्तिशाली र प्रभावकारी बनाउनुपर्छः मन्त्री न्यौपाने
झापामा एक शिक्षकमाथि नक्कली प्रमाणपत्र प्रयोगको अभियोग, विशेष अदालतमा मुद्दा
मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा
अर्थमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै