जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण ६, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ६ साउन, काठमाडौं ।
  •   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
  • मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

६ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष देखिएको भन्दै न्युनिकरणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेको बताउँदै हिमाली क्षेत्रमा हिमताल विष्फोट हुने क्रम बढिरहेको बताउनु भयो ।

रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विष्फोट हुँदाको परिणाम भएको बताउनु भयो । संसारभर नै जलवायु परिवर्तनको असर निरन्तर बढिरहेको बताउनु भयो ।  सभापति देउवाले भन्नुभयो, ‘हाल नेपालको विभिन्न भूभागमा जलवायु परिवर्तनका प्रत्यक्ष असर देखिरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विष्फोट भएको छ । रसुवाको रसुवागढी भन्दा माथि हिमताल फुटेर त्यत्रो ठूलो बाढी आएर भयावह अवस्था भयो । धेरै मानिसको ज्यान गएको छ ।

मेलम्चीमा धेरै बाढी आएको थियो । ठूलो क्षति भएको थियो । हिमताल फुटेर नेपालमा धेरै ठूलो समस्या ल्याएको छ । संसारभर नै जलवायु परिवर्तनको असर बढेको छ । धेरै देशहरु जागरुक भएका छन् । जलवायु परिवर्तनलाई कुनैपनि हालतमा न्युनिकरण गरेर जानुपर्छ । यसले भोलिका दिनमा धेरै समस्या निम्त्याउनेछ । सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको बताउनु भयो । जलवायु परिवर्तनको असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
इंग्ल्यान्डका जेसन रोयले पोखराबाट एनपीएल खेल्ने
गाजामा इजरायली हमलामा १६ जनाको मृ*त्यु
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
सुरु भयो प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगिता
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
रास्वपा सांसद साहको कटाक्ष- बत्ती झ्याप्प झ्याप्प निभाएर सरकारले पूरा देशलाई पनि डार्क मोडमा पुर्‍यायो
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर