सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष ९, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • सांकेतिक तस्विर सर्लाही।
  •   नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत फरहदवा चिरान मिल नजिक सोमबार साँझ करिब ६ बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ।
  • प्रहरीका अनुसार बालुवा लोड गरेर हरिपुर बाट मलंगवा तर्फ आउदै गरेको ज२त ४५२ नम्बरको ट्याक्टरमा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०५एक्यु ८७५९ मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ गैरका निवासी १९ वर्षीय चन्दन यादव गम्भीर घाइते भएका थिए।

सांकेतिक तस्विर

सर्लाही।  नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत फरहदवा चिरान मिल नजिक सोमबार साँझ करिब ६ बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ।

प्रहरीका अनुसार बालुवा लोड गरेर हरिपुर बाट मलंगवा तर्फ आउदै गरेको ज२त ४५२ नम्बरको ट्याक्टरमा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०५एक्यु ८७५९ मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ गैरका निवासी १९ वर्षीय चन्दन यादव गम्भीर घाइते भएका थिए।

घटनालगत्तै गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरे।

दुर्घटनापछि घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय हरिपुरको टोलीले ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको छ। यद्यपि, ट्याक्टर चालक भने घटनापछि फरार रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड
लागुऔषधको समस्या विकराल भयो, नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँछौं: गृहमन्त्री
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल