दोस्रोपटक म्याद थपका लागि रास्वपा सभापति लामिछानेलाई आज अदालत लगिँदै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ८ कार्तिक, सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ।
  • यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
  •   यही कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो लामिछानेसँगको बयान नसकिएकोले आज दोस्रोपटक म्याद माग्ने तयारी भएको कास्की प्रहरी र सरकारी वकील कार्यालयले जनाएको छ।

 

८ कार्तिक, सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रोपटक म्याद थपको लागि जिल्ला अदालत कास्की लैजाँदैछ।

यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।  यही कात्तिक ४ गते कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो लामिछानेसँगको बयान नसकिएकोले आज दोस्रोपटक म्याद माग्ने तयारी भएको कास्की प्रहरी र सरकारी वकील कार्यालयले जनाएको छ।

पक्राउ परेको दिन गएको शुक्रबारबाटै गणना गर्नेगरी न्यायाधीश नवराज दाहालको इजलासले उनलाई हिरातमा राखेर अनुसन्धान गर्न ६ दिनको समय दिएको थियो।  अदालतले दिएको म्याद सकिएकाले आज फेरि म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।  सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा असोज १३ मा पक्राउ परेकी लिला पछाईंलाईसमेत प्रहरीले आज म्याद थपका लागि कास्की अदालत लैजाने तयारी गरेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पनि कास्की प्रहरीकै हिरासतमा छन्।रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन्। दिनहुँजसो रविका समर्थक र प्रहरीबीच पाखरामा घम्साघम्सी पर्दै आएको छ।अहिले पनि पोखराको सडकमा रविका समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
९० वर्षीय वृद्धले गरे श्रीमतीको ह*त्या
विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग
हरिपूर्वा नगरपालिकाको १५औं नगरसभा सम्पन्न, ६२ करोडको बजेट सार्वजनिक
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा