विद्युत् खरिदमा ४३ करोड गडबडी : ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को माग

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २५ कात्तिक, काठमाडौं ।
  • ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ ।
  • कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो ।

२५ कात्तिक, काठमाडौं ।

ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले बर्खास्तीको माग गरेको हो ।

मुभमेन्टका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’ जेन–जी मुभमेन्टले राष्ट्रघाती सम्झौता संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पती फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत माग गरेको छ ।मुभमेन्टको संयोजक रविकिरण हमाल छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
ललितपुरको खर्च ६८ प्रतिशत मात्र
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
तीन प्रदेशमा अझै मनसुनी वायुको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?