एनपीएलको तयारी पूरा खेल राति पनि हुने

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक २९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २९ कात्तिक, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
  • नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

२९ कात्तिक, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो ।

आयोजक क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ ।  पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए । ‘टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका छौं’, उनले थप आयबारे जानकारी दिँदै भने, ‘डिसहोमको डिसहोम गोबाट ५ करोड ३० लाखमा बिड भएको छ ।संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहेनेछ ।’ आज नै लिनर टिभी फाइनल भएको छ । त्यसको न्युनतम रकम एक करोड रहेको छ । त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने उनको भनाइ छ । एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् । एनपीएलको उद्घाटन खेल  मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
वडाध्यक्षले गरे कर्मचारीमाथि हातपात, पोखरा महानगरपालिकाको कामकाज ठप्प
काठमाडौं महानगरका विद्यालयले पोशाक र स्टेशनरी बिक्री गर्न नपाउने
कञ्चनपुर कारागारमा तनाव, ८ जना घाइते
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए