करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर २३, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २३ मंसिर, रौतहट ।
  • रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

२३ मंसिर, रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
कोरला नाका तीन दिन सम्मका लागि बन्द
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
मधेशका मुख्यमन्त्री सिंहको चासो- एमबीबीएस कार्यक्रम सुरु गरौं, जे गर्नुपर्छ गर्छौं
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य