भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २६ वैशाख, काठमाडौं ।
  • पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ ।
  • भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो ।

 

२६ वैशाख, काठमाडौं ।

पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो । पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो । भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो ।’

ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको भारतको आरोप छ । भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ । प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ ।‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ । यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन् । भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,’ उनले भनिन् । यद्यपि, कर्णेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिइनन्। तर पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको उक्त दाबीलाई अस्वीकार गरेका छन् । भारतको दाबी अस्वीकार गर्दै आसिफले भने, ‘हामीले अहिलेसम्म केही गरेका छैनौं । जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक मृ*त फेला
एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली
सेयर बजारमा हरियाली, कारोबार रकम १० अर्ब नाघ्यो
नेपालमा सडकको कुल लम्बाइ ३६ हजार १३२ किलोमिटर
आजको मौसम: पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना
गृहमन्त्रीको राजीनामा नहुँदासम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान
मधेस प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता