जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १९ मंसिर, काठमाडौं ।
  • जनकपुर बोल्ट्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।

 

१९ मंसिर, काठमाडौं ।

जनकपुर बोल्ट्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो । जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन योगदान गरे ।

८३ रनमा ६ विकेट गुमाएको जनकपुरका लागि संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको साझेदारी गरे । ओपनर आसिफ शेखले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए । सञ्जय कृष्णमुर्तीले १४ र शुभ कंसाकारले ११ रन जोडे । अनिल शाह ७ र माज सदाकत ६ रनमा आउट भए । बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । शेरले ४ ओभरमा २० र रोहितले २ ओभरमा १६ रन खर्चिए । यस्तै जेज स्मिथ र रुबेन ट्रम्पल्मयानले समान १ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा १ बालक बेपत्ता
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरुषको सनाखत
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
नेकपा एमालेको सचिवालय बैठक बस्दै
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक