रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्यो, ३ जना बेपत्ता

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण ७, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ७ साउन, काँक्रेविहार (सुर्खेत) ।
  • रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।
  •   मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो ।

७ साउन, काँक्रेविहार (सुर्खेत) ।

रुकुम पश्चिममा टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।  मंगलबार राति  टिपर भेरी नदीमा खसेको हो ।जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायव निरीक्षक (सइ) शिउकुमार चौधरीले जानकारी दिए ।

सइ  चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको सइ चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । बेपत्ता भएकाहरुको नाम, ठेगाना खुलेको छैन । दुर्घटना भएको टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना समातिए
दशैं आयो तर व्यवसायी भन्छन्, ‘व्यापार छैन’ ( भिडियो सहित )
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
राष्ट्रियसभा सदस्यहरूको जबाफ दिँदै प्रधानमन्त्री
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार