रौतहटमा नक्कली सुनको कारोबार गर्ने ४ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र ११, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ११ चैत, रौतहट ।
  • प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ ।
  • विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

 

११ चैत, रौतहट ।

प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटेलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो। अवैध सुनको किनबेच भइरहेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गाल (मिलिगुडी)का ३० वर्षीय संजोक बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएको सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु १ थान, पोलेर कालो बनाई टुक्रा पारिएको धातु २ थान दूरबिन १ थान र मोबाइल ६ थान बरामद गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नक्कली सुनलाई सक्कली भनी सर्वसाधारणलाई झुक्काएर बिक्री गर्ने उद्देश्य राखेको खुलेको छ । पक्राउ परेकामाथि ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी कार्य समेत तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?