माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २०, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २० असोज,  काठमाडौं ।
  • नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।
  • सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए ।

२० असोज,  काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए ।

उनले भने, ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं । त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं ।’ बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विस्तार र पार्टी एकता सम्बन्धी विषयमा बैठकमा बृहत् जानकारी गराएका थिए । ‘समाजवादी मोर्चालाई विस्तार गर्नेबारे छलफल भइरहेको छ । विचार मिल्ने पक्षसँग पार्टी एकताको सन्दर्भमा पनि सकारात्मक छलफल जारी छ,’सापकोटाले भने ।

बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ । यसैगरी बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको बताए । उनले घोषित मितिमा चुनाव हुनुपर्ने बताउँदै आफ्नो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव
१ किलो सुनसहित विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ
वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छः अध्यक्ष दाहाल
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जाँदै
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
लयमा फर्किंदै सर्वोच्च, आजदेखि रिट निवेदन दर्ता
सांगठनिक हितलाई केन्द्रमा राखेर काम गर्न आईजीपी थापाको निर्देशन