पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ ७, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ६ माघ, काठमाडौं ।
  • पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् ।
  • संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार (आज) जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।

 

६ माघ, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् । संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार (आज) जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ । ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ ।

यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो । बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ । राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोरङमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जले
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने
मुलुक पुरानो व्यवस्थामा फर्किँदैन- प्रचण्ड
प्रधानमन्त्री र १३ नियोगका प्रमुखबीच छलफल : श्रम आप्रवासन र मानव तस्करी प्रमुख एजेन्डा
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोवार
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी