जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १० असोज, काठमाडौं ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
  • सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

१० असोज, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । जापान नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखिको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको छ ।

जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको द्धिपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्थालगायतका विषयमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । जापानको सहयोगमा निर्माणाधीन नागढुंगा सुरुङका लागि आवश्यक थप सहायता, विपी राजमार्ग पुनर्निर्माण, १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगतिलगायत विषयमा छलफल भएको थियो ।

नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै मन्त्री मन्त्री घिसिङले विद्युत क्षेत्रमा रणनीतिक महत्वका ६७० मेगावाटको दूधकोशी, १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना, पूर्वाधार आयोजनाको तयारी, काठमाडौं उपत्यकाको एक सय वर्षको शहरी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयारीलगायत सम्भावित क्षेत्रमा सहायता उपलब्ध गराउन आग्रह गरे । भेटमा राजदूत तोरुले नेपालका रणनीतिक महत्वका ठूला आयोजनामा सहायता उपलब्ध गराउन जापान तयार रहेको उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
रास्वपा बैठकमा आज बालेन-कुलमान नबस्ने
राष्ट्रपति रनिङ शिल्डको उपाधि मैवाखोलालाई
भोली देखि सोह्र श्राद्ध सुरु हुँदै
उच्चस्तरीय जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्दै जनकपुर
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकताः प्रधानमन्त्री ओली
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए