काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी , नियन्त्रणको प्रयास हुँदै
सारांश
- १३ असोज, काठमाडौं ।
- काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।
- जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो ।
१३ असोज, काठमाडौं ।
काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो । ‘आगो ९० प्रतिशत नियन्त्रणमा आयो, केही बाँकी छ । निभाउने कार्य भइरहेको छ,; डीएसपी चन्दले अनलाइनबरसँग भनिन् । आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया