ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ फागुन, धरान :सुनसरीको इनरुवाबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा  भारतको बिहार राज्यस्थित अररिया जिल्लाको थाना नरपथगंज सोनापुर-१ का ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेका छन्।
  • भारतको बिहार राज्यको अररिया जिल्लाबाट बीआर३८एके०२११ नम्बरको मोटरसाइकलमा सुनसरी आएका उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

 

२ फागुन, धरान :सुनसरीको इनरुवाबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा  भारतको बिहार राज्यस्थित अररिया जिल्लाको थाना नरपथगंज सोनापुर-१ का ३३ वर्षीय कपिल मेहता र २८ वर्षीय पंकज कुमार पासवान रहेका छन्।

भारतको बिहार राज्यको अररिया जिल्लाबाट बीआर३८एके०२११ नम्बरको मोटरसाइकलमा सुनसरी आएका उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले  इनरुवा नगरपालिकाको नुतन पेट्रोल पम्प अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए। प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई कानुन बमोजिम खानतलासी गर्दा कपिल मेहताले लगाएको हाफ ज्याकेटको भित्री गोजीबाट प्लास्टिकको पोकाभित्र १०९ ग्राम ब्राउन सुगर भेटिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
सौर्य विमान दुर्घटना: पाँच शव परिवारले बुझे