भोलि देशभर सार्वजनिक बिदा, बैंक तथा सेयर कारोबार नहुने

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ ।
  • नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् ।
  • विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.

 

भोलिबाट विक्रम संवत २०८२ सुरु हुँदैछ । नयाँ वर्षमा देशभर र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गर्छन् । विक्रम् संवत् अङ्ग्रेजी संवत् अर्थात् एडीभन्दा ५६.७ वर्षले अगाडि छ। विक्रमादित्यले चलाएको संवत् भएकाले यसलाई विक्रम् सम्वत भनिएको हो। यो मौलिक संवत्का रूपमा मल्लकालदेखि नै चलिआएको छ।

नयाँ वर्षमा नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाउँने गरिन्छ। नयाँ वर्षका साथै भोलि मेष संक्रान्ति र बिस्का जात्रा पर्व समेत रहेको छ। हरेक नयाँ वर्षको दिन नेपालभर सार्वजनिक बिदा दिने गरिन्छ। यससँगै नयाँ वर्षका दिन भोलि सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, लगायत सेयर  बजार बन्द रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
तीनकुनेमा राजावादी र प्रहरीबीच झडप
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
तीन महिनामा २३ सय बढी विपद्जन्य घटना
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन