गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्।
  •   आइतबार राति राजधानी तेल अभिभको “बन्द स्क्वायर”मा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ।
  • एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए।

गाजामा जारी युद्ध अन्त्य र बन्धक रिहाइका लागि हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्।  आइतबार राति राजधानी तेल अभिभको “बन्द स्क्वायर”मा प्रदर्शकारीको ठूलो भिड लागेको बीबीसीले उल्लेख गरेको छ।

एकदिने राष्ट्रिय हडतालका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालय बन्द भएका थिए। यस क्रममा दिनभरि करिब ४० जनालाई पक्राउ गरिएको छ। विरोध प्रदर्शनका आयोजकले गाजा सहरको नियन्त्रण लिने योजनाले हमासद्वारा बन्धक बनाइएका २० जनाको ज्यानलाई खतरामा पारेको बताएका छन्। यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने विरोध प्रदर्शनको आलोचना गरेका छन्।

उनले भनेका छन्, ‘यसले हमासको अडानलाई बलियो बनाउँछ र बन्धकहरूको रिहाइ ढिला गराउँछ।’ ७ अक्टोबर २०२३ मा इजरायलमा हमासले आक्रमण गर्दा झन्डै १ हजार २०० जना मारिए भने  २५१ जनालाई गाजामा लगेर बन्धक बनाइयो।  त्यसयता इजरायलले गाजामा गरेको हमलामा अहिलेसम्म ६१ हजार ००० भन्दा बढी प्यालेस्टिनी हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी
आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च
ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्न सीआईबीले अघि बढायो प्रक्रिया
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य