स्कुटर दुर्घटनामा एमाले मकवानपुरका अध्यक्ष घाइते

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १३ वैशाख, हेटौंडा ।
  • स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् ।
  • हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

 

१३ वैशाख, हेटौंडा ।

स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

४ नम्बर वडाको कमलडाँडास्थित घरबाट पार्टी कार्यालयतर्फ आउने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।उनलाई अचेत अवस्थामा देखेर स्थानीयले उद्दार गरी उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याएको डीएसपी अर्यालले बताए । उनको टाउको, निधार तथा दाँया हातमा चोट लागेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ । अहिले होस् खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
चन्द्रागिरिबाट तीन केजी गाँजासहित एक जना पक्राउ
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्यु
राजावादीको प्रदर्शन हिंसात्मक भयो : मानव अधिकार आयोग
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने