ट्रम्पले बर्खास्त गरे झण्डै १० हजार संघीय कर्मचारी

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३ फागुन,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन्।
  • अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन्।
  • आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ।

 

३ फागुन,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन्।

आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ। बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ। बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो। अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो।

यद्यपि ट्रम्पले उक्त प्रक्रियामा अब निरन्तरता नहुने भनेका थिए। ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो। स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो। त्यसरी इमेल पठाइएकामध्ये ७५ हजार कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जबाफ फर्काएका थिए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेतृत्व लिन तयार छु : सभापति देउवा
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
राप्रपाका युवाहरू आपसमै भिडेपछि अधिवेशन स्थगित
भारतको चार दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
दुम्कीबासमा डाभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
सस्तोमा ल्यापटप मिलाइदिने भन्दै २७ लाखभन्दा बढी ठगी गर्ने व्यक्तिहरु पक्राउ
पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प,