बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ साउन, बुटवल ।
  • पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
  • ​ अन्य १२ जना घाइते भएका छन् ।

१६ साउन, बुटवल ।

पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।​ अन्य १२ जना घाइते भएका छन् । बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस शुक्रबार दिउँसो बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । मृतक पुरुष व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका १२ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ भने बाँकी घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।

अगाडि रहेको अटो रिक्सालाई बचाउने क्रममा बस अनियन्त्रित भई विपरीत लेनमा पल्टिएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?