गृहमन्त्रालय शिक्षामा र शिक्षा मन्त्रालय केशरमहलमा सारिने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २७ भदौ, काठमाडौं ।
  • गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुर भएको छ ।
  • मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।

२७ भदौ, काठमाडौं ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुर भएको छ । मुख्यसचिव एकनारायण अर्यालले शुक्रवार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।

उच्च स्रोतले नेपाल प्रेसलाई भन्यो, ‘प्रधानमन्त्री कार्यालय बस्नै नसकिने अवस्थामा ध्वस्त भएको रहेछ । पुरानो गृह रहेको ठाउँमा बनिरहेको नयाँ गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेटबाट नजिकै नयाँ गृह मन्त्रालयको भवन बनेको छ । अहिले गृह मन्त्रालय रहेको भवन पनि ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सारेर केशरमहलमा शिक्षा मन्त्रालयलाई सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
रिगलको कैद मिनाहा मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने
७२ जिल्ला भाडामा दिऊँ भन्ने अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
आज मन्त्रिपरिषद् बैठक बस्दै
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरले माग्यो आवेदन
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम