मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ १८, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १८ असार, काठमाडौं ।
  • प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर छिटो उक्त सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

१८ असार, काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर छिटो उक्त सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले मध्यपहाडी राजमार्गमा अन्य विभिन्न खण्डमा पर्ने कामलाई तीव्रता दिने र बाटोको गुणस्तर सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले भेरी नदीमाथि पुल निर्माणका लागि २०७७ सालमा टेण्डर भएको भएता पनि हालसम्म निर्माण सम्पन्न नभएका कारण जनतालाई असुविधान भएकाले टेन्डर प्रक्रियामा उपयुक्त विकल्प खोज्दै आगामी आर्थिक बर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने
एमालेको सचिवालय बैठक सुरू
कार्यकर्तालाई ओलीको निर्देशन- सरकारको होइन, चुनावको चिन्ता गर्नुस्
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सर्लाहीका डीएसपी दीपक श्रेष्ठ एसपीमा बढुवा
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
एमालेको प्रथम केन्द्रीय कमिटी बैठकमा ओली- आर्मीले मार्च गरेजस्तो ताल मिलाएर अगाडि बढ्नेछौँ