धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • २४ असोज, काठमाडौं ।
  • धादिङमा बस र टिपर ठोक्किएका छन् ।
  • पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो ।

२४ असोज, काठमाडौं ।

धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा दुर्घटना भएको हो । बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१-००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए । दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
लुम्बिनीको नीति तथा कार्यक्रम आज
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सडक मर्मतको काम घटस्थापना अगाडि नै गरिसक्न निर्देशन, अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय
सभामुखले बोलाए राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक