शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २४, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   २४ पुस,  रौतहट ।
  •   शीतलहरसँगै चिसो बढेपछि रौतहटका पालिकाले विद्यार्थीलाई जोगाउन शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।
  • बाक्लो  शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर, गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

 

२४ पुस,  रौतहट ।  शीतलहरसँगै चिसो बढेपछि रौतहटका पालिकाले विद्यार्थीलाई जोगाउन शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । बाक्लो  शीत झर्नुका साथै चिसो बढेपछि चन्द्रपुर, गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

अत्यधिक चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जनाएको छ । विद्यालयमा विद्यार्थी न्यून मात्रामा आउन थालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै बिदा दिइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?