Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बिहिबार, २१ जेठ २०८३, ०६ : ४२ : २६ | Jun 4, 2026

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • १६ चैत,सुर्खेत ।
  • झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो ।
  • कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।

१६ चैत,सुर्खेत ।

झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।

आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको सातौँ अधिवेशन अन्त्यको पत्र वाचन गरेर आइतबार राती १२ बजेदेखि अधिवेशन अन्त्यको घोषणा गरिन् । प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका १० वटा बैठक बसेका छन् भने जम्मा १३ घण्टा ४२ मिनेट समय व्यथित भएको छ । विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशन भने उपलब्धिमूलक नभएको प्रदेशसभा सदस्यहरूले बताए । हिउँदे अधिवेशनमा प्रदेशसभाले कर्णाली प्रज्ञा प्रतिष्ठान गठन गर्न बनेको विधेयक २०८२ पारित गरिएको छ भने केही प्रदेश ऐन संशोधन विधेयक पारित गरिएको छ ।

यो अवधिमा कर्णाली प्रदेशसभामा कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरिएको छ । त्यो बाहेकका बाँकी समय सरकार पक्ष र प्रतिपक्षबिचको आरोप प्रत्यारोपमै सकिएको छ । आइतबारको समापन बैठकमा पनि त्यही आरोप प्रत्यारोप दोहोरिएको छ । सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गरे भने प्रतिपक्षमा सांसदहरूले सरकारको आलोचना गरे । प्रदेशसभा बैठकमा सांसदहरूले कर्णालीको बजेट कार्यान्वयनको अवस्था कमजोर भएको भन्दै बजेट कार्यान्वयन बढाउने गरी योजना बनाउन उनीहरूले माग गरे । कर्णालीको विकास र समृद्धिका लागि सबै दलहरू सत्ता र प्रतिपक्षको बेन्चभन्दा माथि उठ्नु पर्ने विचार सांसदहरूले राखेका थिए ।प्रदेशसभा बैठकमा बालेन सरकारले केपी ओली र रमेश लेखकलाई गरेको पक्राउले मुलुक अस्थिरतातर्फ धकेलिएको जिकिर गरेका छन् ।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
भुटानी शरणार्थी प्रकरणमा थप प्रमाण आएन : गृहमन्त्री
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
हैदरावादको गुलजार हाउसमा आगलागी: १७ जनाको मृ*त्यु
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते
ठमेलबाट २ केजी सुनसहित २ चिनियाँ नागरिक पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...