नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र ९, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ९ चैत,काठमाडौं ।
  • नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ ।
  • निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ ।

९ चैत,काठमाडौं ।

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ । निगमले काठमाडौं–दुबई रुटमा २५ मार्चमा उडान राखेको छ । दुबई–काठमाडौं रुटको उडान २६ मार्चमा हुने भएको छ ।

यसैगरी काठमाडौं–दुबई अर्को उडान २७ मार्चमा राखिएको छ । सो जहाजले दुबई–काठमाडौं उडान २८ मार्चमा गर्नेछ । निगमका अनुसार यी उडान काठमाडौंबाट स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा उड्नेछन् ।निगमका अनुसार २८ फेब्रुअरीदेखि मार्चसम्म टिकट लिएर यात्रा गर्न असमर्थ यात्रुलाई प्राथमिकता दिइने छ ।

यसमा पनि २५ र २७ मार्चमा अत्यावश्यक यात्रा गर्नुपर्ने यात्रुले पुनः टिकट प्रमाणीकरण गरेर मात्र यात्रा गर्न पाउने निगमको सूचनामा उल्लेख छ । जहाजको सिट उपलब्धताका आधारमा पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइने निगमले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला
रामेछापमा ७२ वर्षीया महिलाको ह*त्या गरी फरार रहेका आरोपी पक्राउ
पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको सांसद सिंहको दाबी
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन्: महानिरीक्षक खापुङ्ग
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
जुवातास खेल्दाखेल्दै १० जना पक्राउ
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट