काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • ९ साउन, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताउनुभएको छ ।
  • शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

९ साउन, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताउनुभएको छ । शुक्रवार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताउनु भयो । अहिलेको सरकारले विकासको अठोट लिएको र अब एक वर्षमा आफूले प्रधानमन्त्री रहँदा धेरै विकास निर्माणका कामहरु गर्ने

बताउनु भयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार हो । जसमा लोसपा पनि सरकार छ, जसमा जनमत पनि सरकारमा छ । अरु पनि सरकारमा छन् । यो संयुक्त सरकार हो । सबै पार्टीको । जसको नेतृत्व नेकपा एमाले र नेपाली काँग्रेसले गरेको छ । यो समीकरण देश विकासको अठोट लिएको छ । मैले प्रधानमन्त्रीको हैसियतमा अरु एक वर्ष काम गर्नेछु । यो एक वर्षमा थुप्रै कुराहरुमा परिवर्तन ल्याउने अठोट लिएको छु । चुनावसम्म हामी विकास निर्माणमा अघि बढ्नेछौँ ।’प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकारले विकास निर्माणका काममा अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
कोलम्बियामा वायुसेनाको विमान दु*र्घटना, कम्तिमा ६६ जनाको मृ*त्यु
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट
सुहाङ नेम्वाङ एमाले केन्द्रीय सदस्यमा विजयी
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
राज्यले निजीलाई निषेध गरेर जाने स्थिति छैन :- शिक्षामन्त्री
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतको नाममा
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन