मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ चैत, काठमाडौं ।
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् ।
  • यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

८ चैत, काठमाडौं ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन् । यसको लागि कुन भाषामा शपथ लिने हो त्यसबारे तीन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ मा हुँदैछ ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये जेष्ठ सदस्यले चैत ११ गते नै राष्ट्रपतिसँग शपथ लिन्छन् । त्यसपछि उनै जेष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ खुवाउँछन् । शपथ सम्बन्धी ऐन २०७९ को दफा ५ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गरी कामकाजक लिनु वा गराउनु पर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ