बालेनलाई गण्डकीका मन्त्रीको धम्की, `के हो भाइ तिम्रो पारा ?´

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   पोखरा ।
  • गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध खनिएका छन् ।
  • बालेनले प्रधानमन्त्री केपी ओली लक्षित फेसबुक स्टाटस लेखेपछि पाठकले `काउन्टर अट्याक´ गरेका हुन् ।

 

पोखरा । गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठक काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध खनिएका छन् । बालेनले प्रधानमन्त्री केपी ओली लक्षित फेसबुक स्टाटस लेखेपछि पाठकले `काउन्टर अट्याक´ गरेका हुन् ।

पाठकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनप्रति आक्रोश पोखे । `यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही पनि गर्न नसक्ने । छानबिन समितिको प्रतिवेदन लुकाउने,´ उनले भने, `बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्ने ? के हो बालेन भाइ तिम्रो पारा ?´

उनले नियम विपरीत नचल्न बालेनलाई सुझाए । `हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौँ । नियम, कानुन र कार्यविधि भन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ,´ अघि थपे, `चार भागको एकभाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का । तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ ।´ पाठकले यसअघि सन्दीप लामिछानेको मुद्दामा समेत विवादित अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ