रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि सुरु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र ३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ३ चैत, काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ ।
  • ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो ।

 

३ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण गर्ने भएको छ । ललितपुरस्थित ग्वाको रोयल टुलिप होटेलमा आज बिहान १० बजेबाट रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण सुरु गर्ने भएको हो । यो कार्यक्रम चैत्र ३ र ४ गते दुइदिन चल्नेछ । कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ ।

अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ । दुईदिने योे अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी र पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदलाई यो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छबुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा १८२ सिट हासिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
धादिङको जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक बन्द
देशभर बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु
कसैको घरलाई निसाना बनाउनु समाधान होइन : गुरुङ
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
तीनकुने घटना: सविन र सुरेशलाई सहिद घोषणा गर्न राप्रपाको माग
नेप्से परिसूचक सात अङ्कले बढ्यो