गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १७ जेठ, धनकुटा ।
  • माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन् ।
  • शनिबार  नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वसामु नेपालीको छवि धमिलो भएको बताएका हुन् ।

१७ जेठ, धनकुटा ।

माओवादीका सांसद सुदन किरातीले गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने चेतावनी दिएका छन् । शनिबार  नेकपा (माओवादी केन्द्र) छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वसामु नेपालीको छवि धमिलो भएको बताएका हुन् । किरातीले भने, ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्व सामु नेपालीको छवि धमिलो बनाएको छ । गृहमन्त्रीको  राजीनामा र प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने छौँ ।’

उनले माओवादीले जुन पाइला सारे पनि खुकुरीको धारमा नै टेक्नु पर्ने अवस्था रहेको जिकिर गरे । उनले भने, ‘भ्रष्टाचार विरोध गर्दा संसद्मा राजावादीसँग उभिनु पर्दा पिडा हुन्छ ।  कथित राजावादीको विरोध गर्दा भ्रष्टाचारीहरूसँग उभिनु पर्दा झन् पीडा हुन्छ । राजनैतिक र नैतिक रूपमा हामी माओवादीलाई निक्कै सङ्कट छ ।  किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ । भ्रष्टाचार हाम्रो शत्रु हो ।  त्यसैले भ्रष्टाचार हामी सहन सक्दैनौँ ।’ उनले अब माओवादी आफ्नै खुट्टामा खडा हुनुपर्ने बताउँदै एकचोटी गणतन्त्रको पक्षमा बलिदानी पूर्ण ढंगले गर्जिनुपर्ने जिकिर गरे । उनले सँगसँगै भ्रष्टाचारीहरूको भण्डाफोर गर्दै जानुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ