निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

nepaltathya_news nepaltathya_news
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २८ फागुन, काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।
  • सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।

 

२८ फागुन, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।

उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो तथा पार्टीको कर्तव्य भएको बताएका छन् । ओलीले निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले देखाएको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति भएको उनले उल्लेख गरेका छन् । उनले निर्वाचन परिणाम पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन् । आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितमा काम गर्दै विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता ओलीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले बन्द गर्ने निर्णय गरेपछि सम्पर्कमा आयो फेसबुक
काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
लागुऔषधसहित एक युवक पक्राउ
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
त्रिविका ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको शिष्टाचार भेट
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ