नक्कली सवारी दर्ता गरेको आरोपमा एक युवक जेल चलान

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २०, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २० चैत, सप्तरी ।
  • यातायात व्यवस्था कार्यालयमा सुकुटी र मोटरसाइकलको सवारी दर्ता र नवीकरण गर्ने काम नक्कली गरेको आरोपमा एक युवा जेल चलान भएका छन् ।
  • मधेस प्रदेश, सप्तरीको राजविराज नगरपालिका ३ हनुमान चौक घर भई उदयपुरको त्रियुगा नगरपालिका ११ पुरानो गाईघाट बस्दै आएका ३२ वर्षीय विवेक थापा मगर लिखत सम्बन्धी कसूर आरोपमा पक्राउ परेका थिए ।

 

२० चैत, सप्तरी ।

यातायात व्यवस्था कार्यालयमा सुकुटी र मोटरसाइकलको सवारी दर्ता र नवीकरण गर्ने काम नक्कली गरेको आरोपमा एक युवा जेल चलान भएका छन् । मधेस प्रदेश, सप्तरीको राजविराज नगरपालिका ३ हनुमान चौक घर भई उदयपुरको त्रियुगा नगरपालिका ११ पुरानो गाईघाट बस्दै आएका ३२ वर्षीय विवेक थापा मगर लिखत सम्बन्धी कसूर आरोपमा पक्राउ परेका थिए ।

गत फागुन २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरले  उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा उदयपुर र खोटाङका केही व्यक्तिबाट सवारी दर्ता किताब नवीकरण गरिदिने भनी सवारी दर्ता किताब र नगदसमेत लिएको प्रमाणित भएपछि उनी जेल गएका हुन् । उनीमाथि उदयपुर र खोटाङ जिल्लाका केही व्यक्तिहरुलाई मोटरसाइकल, स्कुटरको सवारी दर्ता किताब र बिमा नवीकरण गरिदिने आश्वासन दिलाई झुट्टा लिखत बनाएको आरोप लागेको थियो ।

झुट्टा लिखतमा जाहेरी दरखास्त परेपछि पक्राउ मगरले यातायात व्यवस्था सेवा कार्यालय गाईघाटको सहीछापको झुट्टा लिखत बनाएको समेत अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए । प्रहरी अनुसन्धान रिपोर्ट उदयपुर जिल्ला अदालतमा पेश गरेकोमा अदालतको चैत १९ को फैसलाले लिखत सम्बन्धी कसुरमा मगरलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो । अदालतको आदेश अनुसार मगरलाई मङ्गलबार जिल्ला कारागार पठाइएको डिएसपी दोङले बताएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदान जित
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै
इरानले भन्यो: भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट