सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २६ फागुन, सर्लाही ।
  •   प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर भएको छ ।
  • प्रत्यक्षतर्फको आइतबार र समानुपातिकतर्फको सोमवार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

२६ फागुन, सर्लाही ।  प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर भएको छ ।

प्रत्यक्षतर्फको आइतबार र समानुपातिकतर्फको सोमवार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयको प्रतिवेदनअनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १९ हजार ७२२ मत बदर भएको छ भने समानुपातिकतर्फ १२ हजार १७७ मत बदर भएको छ ।

क्षेत्रगत रूपमा प्रत्यक्षतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा ५ हजार ३६५, निर्वाचन क्षेत्र नम्बर २ मा ५ हजार ४०८, निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार २६८ र निर्वाचन क्षेत्र नम्बर ४ मा ४ हजार ६८१ मत बदर भएको छ ।
त्यस्तै समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा ३ हजार ४८१, निर्वाचन क्षेत्र नम्बर २ मा ३ हजार २५५, निर्वाचन क्षेत्र नम्बर ३ मा २ हजार ८२३ र निर्वाचन क्षेत्र नम्बर ४ मा २ हजार ६१८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका नायब सुब्बा मनिष कुमार साहले जानकारी दिए ।

चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा प्रत्यक्षतर्फ जम्मा ५ लाख ११ हजार ६०६ मतदाता कायम गरिएकोमा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा ३ लाख १७ हजार १३३ जनाले मतदान गरेका थिए ।
त्यस्तै समानुपातिकतर्फ ५ लाख १७ हजार ६८७ मतदाता कायम गरिएकोमा ३ लाख १८ हजार १४२ जनाले मतदान गरेका थिए ।

जसमध्ये प्रत्यक्षतर्फ २ लाख ९७ हजार ४११ मत सदर भएको छ भने १९ हजार ७२२ मत बदर भएको हो । समानुपातिकतर्फ ३ लाख ५ हजार ९६५ मत सदर भएको छ भने १२ हजार १७७ मत बदर भएको छ ।
प्रत्यक्षतर्फ सबैभन्दा बढी मत सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा बदर भएको छ भने समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?