एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २२ फागुन,काठमाडौँ ।
  •    प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् ।
  • रास्वपा काठमाडौँ १ मा विजयी भएको हो ।

 

२२ फागुन,काठमाडौँ ।  

प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् । १२७ स्थानको मतगणना भइरहँदा रास्वपा ९२ स्थानमा अगाडि रहेको छ । नेपाली कांग्रेस १०, नेकपा एमाले १० र नेपाली कम्युनिष्ट पार्टी ७ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?