महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २५ वैशाख, काठमाडौं ।
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
  • बिहीबार (वैशाख २५) अखिल नेपाल फुटबल संघ (एन्फा)ले तामाङलाई पुनः महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

 

२५ वैशाख, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । बिहीबार (वैशाख २५) अखिल नेपाल फुटबल संघ (एन्फा)ले तामाङलाई पुनः महिला टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फा मुख्यालयमा महासचिव किरण राईले तामाङलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

प्रशिक्षक तामाङ थाइल्यान्डसँग हुने मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटनिम्ति नियुक्त भएका हुन् । उनी यसअघि नेपालमा आयोजित चारदेशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि टिमका प्र्रशिक्षक थिए । उनीसँगै टिमको गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा, व्यवस्थापकमा बिन्द्रा देवान र फिजियोथेरापिस्टमा लक्ष्मी भक्तराईलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?