कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ ५, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   ५ जेठ, काठमाडौं ।
  •   नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउन माग गर्नुभएको छ ।
  • प्रतिनिधिसभाको विशेष समयमा सांसद केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

 

५ जेठ, काठमाडौं । 

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउन माग गर्नुभएको छ ।प्रतिनिधिसभाको विशेष समयमा सांसद केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । अहिले कृषि क्षेत्रमा विनियोजन भएको तीन दशमलव ३६ प्रतिशत बजेटलाई कम्तीमा पाँच प्रतिशत पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।

 

उहाँले किसानलाई आवश्यक मल समयमा उपलब्ध गराउन खरिदको प्रक्रिया समयमा नै थाल्न समेत सरकारको ध्यानार्कषण गराउनुभयो । वितरणमा अवैज्ञानिक प्रणालीले वास्तविक किसानसम्म मल नपुग्ने समस्या छ”, सांसद केसीले भन्नुभयो, “युएसएडमार्फत आएको रु ८७ अर्बमध्ये अधिकांश बजेट कृषि क्षेत्रमा पर्छ, त्यसतर्फ गम्भीर हुनुपर्छ ।” कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले विगत पाँच वर्षमा वितरण गरेको अनुदानबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै सांसद केसीले त्यसबारे सदनलाई जानकारी दिन माग गर्नुभयो । “

विगत पाँच वर्षमा रु सात अर्ब ६६ करोड अनुदान वितरण भयो”, उहाँले भन्नुभयो, “यस्तो विरतण कति वास्तविक किसानले पाए, कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक स्वार्थमा भयो, त्यसमा छानबिन गर्छु भन्ने मन्त्रीबाट प्रतिबद्धता आएको थियो । त्यसको सम्बन्धमा के हँुदैछ जानकारी चाहिन्छ ?” उहाँले किसानलाई समयमा मल उपलब्ध गराउन समयमै खरिद प्रक्रियाको तयारीबारे समेत ध्यानार्कषण गरानुभयो । उहाँले झण्डै आठ लाख मेट्रिक टनको मल आवश्यक भए पनि चार लाख मेट्रिक टन मात्र मल उपलब्ध हुने भन्दै किसान मर्कामा परेकोतर्फ समेत ध्यानार्कषण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई घण्टा ढिला गरी लुम्बिनी पुगे महासचिव गुटरेस
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य जरुरी : गृहमन्त्री
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
प्रतिनिधि सभा बैठक बस्दै, कुलमानबारे प्रधानमन्त्रीले जवाफ दिने
आज वसन्त श्रवण र सरस्वती पूजा मनाइँदै
आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड