प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •   २४ पुस, काठमाडौं ।
  • नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ ।
  • रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा विप्लवलाई सिफारिस गरेको हो ।

 

२४ पुस, काठमाडौं ।

नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा विप्लवलाई सिफारिस गरेको हो ।

सिफारिसप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले आफूप्रति गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई वर्तमान पेचिलो राजनीतिक परिस्थितिमा गम्भीर कार्यभारका रूपमा बुझेको बताएका छन् । विप्लवले आगामी दिनमा सबै मित्र, अभिभावक, शुभचिन्तक तथा राजनीतिक दलहरूसँग परामर्श गर्दै निर्णय कार्यान्वयनतर्फ अघि बढ्ने स्पष्ट पारेका छन् ।उनले आभार व्यक्त गर्दै जिम्मेवारीलाई साझा छलफल र सहमतिका आधारमा अगाडि बढाउने संकेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
काठमाडौंमा महानगर प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ
चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
सुरुवाती मापनमा झन्डै २ डिग्री सेल्सियस घट्यो काठमाडौँको न्यूनतम तापक्रम
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिट निवेदन रेग्मीको इजलासमा