खयरमारा बस दुर्घटना : घाइते ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइँदै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन १७, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • १७ असोज, महोत्तरी ।
  • महोत्तरीको खयरमारामा बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ ।
  • घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

१७ असोज, महोत्तरी ।

महोत्तरीको खयरमारामा बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको छ । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका बर्दिबास–१० का ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोलेसहित ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लागिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । बस दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार गराइएको थियो ।

बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । हेलिकोप्टरमा राख्न अस्पतालबाट सशस्त्र प्रहरीको एम्बुलेन्समा राखेर घाइतेलाई शुभ स्वस्तिक अस्पतालबाट बाहिर निकालिएको अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जान लागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमारा स्कुलअगाडि बसको ठक्करबाट पैदल यात्रु चुल्हाई चौधरी र दुर्घटनामा घाइते भएका सर्लाही ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्काको उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि बस चालक फरार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीको स्पष्टीकरण : सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
बुटवलबाट विराटनगरका लागि छुटेको ट्रक, अवैध समानसहित सर्लाही प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
चार दिनमा ४ हजार ५०० बढ्यो सुन
लुम्बिनीले पहिले बलिङ गर्दै, विराटनगरबाट फाफ डु प्लेसी खेल्दै
जनतालाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह
नेपाल विश्वकै सबैभन्दा प्रदूषित सहरको १ नम्बरमा
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन