रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष १३, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • १३ पुष, काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकतासम्बन्धी सहमति’ भएको छ ।
  • लामो समयदेखिको रस्साकस्सीपछि आज बिहान ४:१५ मा उनीहरूबीच एकताको सहमति भएको हो ।

१३ पुष, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकतासम्बन्धी सहमति’ भएको छ । लामो समयदेखिको रस्साकस्सीपछि आज बिहान ४:१५ मा उनीहरूबीच एकताको सहमति भएको हो । सहमतिमा २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा शहीद तथा घाइतेले गरेको बलिदानलाई प्रेरणाका रूपमा आत्मसात गर्दै समान अठोट बोकेका परिवर्तनकामी शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।

सहमतिअनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गरिनेछ । साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख छ ।

बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहने र चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुने सहमति भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने जनाइएको छ ।

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?