सर्लाहीमा मोटरसाइकलसहित १० किलो गाँजा बरामद

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २८, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • २८ पुस, सर्लाही।
  • सशस्त्र प्रहरीको टोलीले सर्लाहीको पर्सा गाउँपालिका-६, मंलहिया पोखरी नजिकबाट मोटरसाइकलसहित १० किलो गाँजा बरामद गरेको छ।
  • प्रहरी निरीक्षक रामहरि खडकाको नेतृत्वमा बोर्डर आउट पोष्ट संग्रामपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उक्त ठाउँमा यो बरामद गरेको हो।

२८ पुस, सर्लाही।

सशस्त्र प्रहरीको टोलीले सर्लाहीको पर्सा गाउँपालिका-६, मंलहिया पोखरी नजिकबाट मोटरसाइकलसहित १० किलो गाँजा बरामद गरेको छ। प्रहरी निरीक्षक रामहरि खडकाको नेतृत्वमा बोर्डर आउट पोष्ट संग्रामपुरबाट खटिएको टोलीले शनिबार दिउँसो उक्त ठाउँमा यो बरामद गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको टोलीलाई देखेपछि गाँजा ल्याएका व्यक्ति मोटरसाइकल र गाँजा छोडेर फरार भएका थिए। बरामद गरिएको मधेस प्रदेश ०३-०३५ त ६८९२ नम्बरको मोटरसाइकल र गाँजा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पठाइएको छ।

प्रहरी निरीक्षक खडकाले यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताएका छन्। तस्करी विरुद्धको यस प्रकारको कारबाहीलाई सशस्त्र प्रहरीले निरन्तरता दिने उद्देश्य राखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं छिर्ने सबै नाका बन्द
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
हमासले ३ बन्धक छाडेसँगै इजरायलले पनि रिहा गर्‍यो प्यालेस्टिनी कैदी