नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म वैकल्पिक व्यवस्थापन गरेर चनौली वितरण केन्द्रमा देखिएको विद्युतको अधिक भारको व्यवस्थापन गरिने बताए । डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सोमबारसम्म सकिने बताए । उनले भने, ‘म पनि हर्दीमा गएर निरीक्षण गरेर आएँ, विद्युतको समस्या भरतपुर र माडीमा मात्रै हैन ‘पूर्वी चितवनका अन्य क्षेत्र टाँडी पर्सा भण्डारासम्म पनि छ । हर्दी स्टेशन चलेपछि यसको समस्याको धेरै समाधान हुन्छ ।‘ हर्दी स्टेशनबाट विद्युत दिएर भरतपुर पर्साको लोड घटाउने र हर्दीबाट भरतपु महानगरपालिका वडा नं. १३ को देवनगर सवस्टेशनमा विद्युत पठाउने तयारी तीव्र गतिमा भएको डिभिजन प्रमुख झाले बताए । उनले देवनगर स्टेशन ३३ केभिएबाट सिधै जगतपुरमा लाइन सप्लाई गरेर अहिले भैरहेको चनौलीको लोडलाई कम गराउने उनको भनाइ छ । त्यसका लागि मंगलबार वा बढीमा बुधबारसम्म काम सकिने उनले जानकारी दिए ।

यस्तो छ लोडसेडिङ तालिका
१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।
२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।
३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।


प्रतिक्रिया