वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल

nepaltathya_news nepaltathya_news
|
सोमबार, पौष ७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।
  • नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

काठमाडौं ।

पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् । नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा साथ दिन आग्रह पनि गर्दछु । वर्तमान सरकारको गठनको प्रक्रिया नै असंवैधानिक छ । असंवैधानिक प्रक्रियाबाट सरकार गठन भयो, असंवैधानिक तरिकाबाट जुन सरकार बन्यो त्यो सरकारले गरेका सम्पूर्ण कामकारवाहीहरु स्वभाविक रुपमा असंवैधानिक नै हुन्छन्,’ उनले भने ।

बडालले स्वतन्त्र, निष्पक्ष, निर्भीक र भयमुक्त रूपमा अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘अहिले मुलुकको व्यवस्थापिका, कार्यपालिका, न्यापालिका र चौथौं अंगको रुपमा रहेको हाम्रो मिडिया जगत चारैतर्फ भएको आक्रमण पछाडि चुनौतिको सामना गर्दै संगठित भएर अगाडि बढीरहेका छौं । रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई फेरी लिकमा लिएर आउने प्रक्रियालाई हामी अगाडि बढाउन चाहन्छौं । यो अवस्थामा हामीले पहिलाको जसरी नै स्वतन्त्र रुपमा, निष्पक्ष रुपमा,निर्भिक रुपमा र भयरहित अवस्थामा अगाडि बढ्न आवश्यक छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिलामा आज ‘रावणवध’ उत्सव
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी
दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली
एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी,
सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी
प्रचण्डको टिप्पणी– यो सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसक्यो