सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २६ कात्तिक, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ ।
  • बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो ।

२६ कात्तिक, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो । सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् ।

उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए । उनले भने, ‘यो सबै खेलकुदको कुरा हो, जसले नेपाललाई चिनाई रहेको छ । यसकारणले नै हामीले मेहेनत गरेर तपाईहरु सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छ । एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आई पुगेको छ तर अन्तिममा पनि यही नै आउने छ हामी जितेर यो ट्रफीलाई फेरि यही ल्याउने छौँ । यो ट्रफीको तपाईंहरुलाई फेरि दर्शन गराउने छु । फाइनलसम्म साथ दिनु होला जितेर सँगै ट्रफी ल्याउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम सुरु, सुरक्षा व्यवस्था कडा
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान
चट्याङले लागेर २ जनाको मृत्यु
नीशमले बनाए एनपीएलकै फास्टेस्ट अर्धशतक
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा
माधवलाई भेटेपछि वामदेवले भने- नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने