एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष १, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १ पुस, काठमाडौं ।
  • नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।
  • मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

 

१ पुस, काठमाडौं ।

नेकपा (एमाले)को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ । मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ । यसअघि मतदानको समय बिहान १० बजेदेखि साँझ ५ बजेको समय निर्धारण गरिएको थियो। सोमबार नै निर्वाचन कार्यतालिका संशोधन गर्दै मतदानको समय परिवर्तन गरिएको हो ।

११ औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी रहेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डेको उम्मेदवारी रहेको छ । उपमहासचिवमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी रहेको छ ।

सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी रहेको छ। आयोगका अनुसार ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछ जसमा एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
भारतले जित्यो यु १९ विश्वकपको उपाधि
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरीले गेटमै रोकिदिए
मध्यविन्दुमा सर्पको डसाइबाट एक महिलाको मृ*त्यु
नयाँदिल्लीको लालकिल्ला स्टेशननजिक कारमा विस्फोट, १० को मृ*त्यु
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल