उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १७ फागुन,  उत्तराखण्ड ।
  • भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ।
  • दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ ।

 

१७ फागुन,  उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोलीमा गएको हिमपहिरोमा हालसम्म ४ जनाको मृत्यु भएको छ। दुर्घटनाको दोस्रो दिन शनिबार १७ जना कामदारलाई उद्धार गरिएको छ ।

यसअघि शुक्रबार ३३ जनाको उद्धार गरिएको थियो। जसमध्ये गम्भीर घाइते चार जनाको उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । ५ जना कामदार अझै बेपत्ता छन्।दुर्घटना स्थानीय समयअनुसार शुकबार बिहान ७:१५ बजे चमोलीको माना गाउँ नजिकै भएको थियो। मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा सीमा सडक संगठनका ५५ जना कामदार बसिरहेका थिए ।

त्यतिबेला हिउँको पहाड खसेको थियो। सबै कामदारहरू यसमा परेका थिए।वटा सेनाको हेलिकप्टरबाहेक २०० भन्दा बढी सिपाहीहरू उद्धार कार्यमा संलग्न छन। अलपत्र परेका ५५ जना मजदुरहरूमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्। १३ जना कामदारको ठेगाना उपलब्ध छैन।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आज बिहान घटनास्थलको भ्रमण गरी कामदारहरूलाई भेटेका थिए । यसअघि प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीसँग कुरा गरेर उद्धार कार्यको जानकारी लिएका थिए। उता हिमाचल प्रदेशमा भारी वर्षा र हिमपातका कारण राज्यका २१८ सडक र तीन राष्ट्रिय राजमार्गहरू बन्द गरिएको राज्यका राजस्व मन्त्री जगत सिंह नेगीले बताएका छन्। प्रदेशको कुल्लुमा पछिल्लो २४ घण्टामा भएको भारी वर्षाका कारण धेरै सवारी साधनहरू भग्नावशेषमा पुरिएको र फसेको तस्बिरहरू बाहिर आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसदहरूको आपत्ति
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
दोहोरो अंकले घट्यो सेयर बजार
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
झिनो अंकले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति